माधव नेपालले भेट्न इन्कार गर्नुभयो – ओली
असार १८, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपालले आफूसित भेट्न इन्कार गरेको बताएका छन् ।
शुक्रबार बालुवाटारमा केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले आफूले बिहीबार नेता नेपाललाई फोन गरेको बताए । नेता नेपालले फोन उठाउन मन नभए पनि साथीहरुले किचकिच गरेकाले फोन उठाएको बताएको ओलीले जानकारी दिए ।
“माधव नेपाललाई हिजो फोन गरेँ । भेटेर कुरा गरौँ भनेँ । उहाँले इन्कार गर्नुभयो । उहाँले फोन पनि उठाउन मन थिएन । साथीहरुले किचकिच गरेकाले उठाएँ भन्नुभो,” ओलीले भने ।
























