कोरोनाको कारण मकवानपुरमा थप २ को मृत्यु, ६० जनामा कोरोना पुष्टि

असार १८, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप २ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए । सूचना अधिकारी झा का अनुसार मृत्यु ह्ुनेहरुमा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नंबर ९ का ६५ वर्षीय पुरुष र बारा जिल्लाको निजगढ नगरपालिका वडा नंबर ९ को ७५ वर्षीया महिला रहेकी छन् ।

यसैबिच जिल्लामा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १७ जनामा गरिएको पिसिआर परीक्षणमा २३ जना र ९१ जनामा गरिएको एन्टीजेन परीक्षणमा ३७ जना गरी थप ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ११ हजार १ सय ७९ जना पुगेको कार्यलय जनाएको छ ।

जिल्लामा हालसम्म १० हजार १ सय १६ जना संक्रमण मुक्त अर्थात कोरोना निको भइसकेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३० जनाको मृत्यु भएको छ । जिल्लामा हाल ८ सय ८८ जना सक्रिय संक्रमित उपचाररत रहेको कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*