पहिरोको कारण भासियो कान्तिलोकपथ

असार १८, हेटौंडा । बिहिबारदेखिको निरन्तर वर्षाले भीमफेदी-८ महादेवटार पहिरो जाँदा कान्तिलोकपथ सडक भासिएको छ ।

गएरातिको वर्षाले बिहान सडक भासिएको स्थानीयले जानकारी दिएका छन् । पहिरोले सडक भासिएको र यातायात अवरुद्ध भएको बकैया गाउँपालिका कार्यपालिका सदस्य रुपेन घलेले जनाकारी दिए ।

कान्तिलोकपथ सडक अन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । निरन्तर वर्षाको कारण तत्कालै पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।

पहिरोले हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका(६ देउराली र चिसापानीगढी लगाएत विभिन्न स्थानमा आएको पहिरोले २ दिन देखि सडक अवरुद्ध भएको जनाएको छ ।

वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आएपछि पहिरो पन्छाउने कार्य सुरु गरिने र अवरुद्ध यातायात सेवा सूचारु गरिने जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*