बाढीको कारण बकैयामा निर्माणाधिन रंगशाला कटान

असार १८, बकैया । पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा निर्माणधिन बकैया रंगशाला कटान भएको छ । बकैया गाउँपालिका वडा नंबर ३ हात्तिसुडेको बकैया खोला तथा चम्पा खोला (खहरे) सँगै टाँसेर निर्माण सुरु गरिएको रंगशालालाई बकैया तथा चम्पा खोलामा आएको सामान्य भलले समेत कटान गरेको छ ।

सामन्यता रंगशाला खोला भन्दा केहि सयमिटर बाढि पहिरोको जोखिम नहुने स्थानमा निर्माण गर्ने गरिन्छ तर बकैयाको हकमा भने त्यो लागु नहुँदा स्थानीय सरकारको ४० लाख रुपैँयाको बजेट बालुवामा पानी हुने संभावना बढेको हो ।

गाउँपालिकाले ४० लाख रुपैँया खर्च गरेको रंगशाला निर्माण सुरु भएको पहिलो वर्षमानै कटानमा परेपछि बकैयाका स्थानीय खेलप्रेमी दुखि भएका छन् । रंगशाला निर्माण गर्दा खोलासँगै टाँसेर गर्नुनै सबैभन्दा गलत सुरुवात भएको स्थानीयहरुको भनाई छ । दुईतिर बकैया खोला र एकतिर चम्पा खोलासँगै टाँसेर निर्माण सुरु गरिएको रंगशाला ठुलो बाढी अउँदा सबै क्षति पुग्ने अवस्थामा पुगेको छ ।

वर्षातको मौसममा सामान्य झरिले आउने बाढीबाट समेत बचाउन नसकिने स्थानमा किन रंगशालाको लागि पैसा खर्च गरियो भन्ने विषय अहिले बकैयाका स्थानीयको चासोको विषय बनेको छ । रंगशाला कटान हुँदै जाँदा एउटा फुटबल ग्राउण्डको लागि समेत जमिन अभाव हुने त छदैछ उक्त स्थानमा रंगशाला निर्माण गरिदा वर्षेनि ५० औँ लाख तटबन्धनमा मात्र खर्च गर्नुपर्ने देखिन्छ ।

चुरेबाट बहन चम्पा खोला कुन बेल कस्तो बाहबको साथ आउने भर हुन्न भने बर्षातमा दुईचार दिन नियमित पानी परेमा बकैया खोलाले हात्तिुसुडे समेत जोखिममा पर्ने देखिदा देखिदै खोला छेउमा रंगशाला निर्माण गरिनु दुखको विषय रहेको स्थानीयहरुको भनाई छ । बकैया गाउँपालिकाले बकैया रंगशाला निर्माणको लागि कुल ४० लाख रुपैँया बजेट विनियोजन गरेको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताईन् ।

सुरुमा हामीलाई बकैया वडा नंबर ३ को अर्कै स्थानमा भनिएको थियो, सो स्थानको लागि तात्कालिन सांसद कृष्ण प्रसाद दाहालले पनि प्राथमिकताको साथ तटबन्धनको लागि बजेट विनियोजन गरेका थिए तर निर्माण स्थल एक्कासी परिवर्तन हुँदा समस्या भयो, बोलखेले बताईन् ।हाल निर्माणधिन स्थलमा पनि दाहालकै पहलमा हाल तटबन्धनको काम भैरहेको बताउँदै बोलखेले गाउँपालिका रंगशालालाई बचाउने काममा लागेको बताईन् ।

उता बकैया रंगशाला निर्माण समितिका सचिव बिजय थिङ (लामा) ले निर्माणधिन बकैया रंगशाला कटान भएको स्विकार गरेका छन् । त्रिबेणीमै निर्माण गएिको रंगशाला तटबन्धनले जोगिने विश्वास उनले गरे । बकैयामा अन्यन्त्र जमिन नहुँदा उक्त स्थानमा रंगशाला निर्माण गर्नुपरेको भन्दै उनले यहाँको अवस्था धेरै विग्रिए नयाँ स्थानको बिकल्प समेत खोज्न पर्ने बताए ।

तटबन्धन गर्न सकिए रंगशाला बच्न सकिने भन्दै उनले स्थानीय सरकारलाई तत्काल तटबन्धनको लागि अनुरोध समेत गरेका छन् । अनपयुक्त स्थानमा रंगशाला बनाउन खोजिएको रैछ नि भन्ने खबरब्रेकको प्रश्नमा लामाले भने स् स्थान अनपयुक्त हैन, हामीले तटबन्धन गर्न सक्यौ भने त भैहाल्छ नि रु खोला नजिकै भएपनि यो भन्दा अरु स्थान अझ उपयुक्त नदेखेर यहाँ निर्माण गरेका हौ, अब यहाँ हुँदै भएन भने अन्त पनि खोज्नु पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*