हेटौंडाका विभिन्न क्षेत्रहरु जलमग्न
असार १९, हेटौंडा । पछिल्लो २ दिन देखि परेको निरन्तर वर्षाले हेटौंडा उपमहानगरपालिकाको विभिन्न क्षेत्रहरु जलमग्न भएको छ ।
निरन्तर वर्षाले विषेश गरि हेटौंडा- ५ विभिन्न ठाउँहरु डुवानमा परेको छ । उक्त वडाको शन्तिनगर, गोर्दइ,सानोपोखराको क्षेत्रहरु जलमग्न भएको छ । यि क्षेत्रहरु वर्षनै डुवानको समस्या बेहोर्दै आएको छ ।
यसैगरि निरन्तर वर्षाले हेटौंडा ५ को पिप्लेको केहि भाग, मनकामना चोकबाट वडा नंबर ५ तर्फको भाग, लट्टीनाथ क्षेत्र पनि जलमग्न रहेको छ ।
























