सामरी खोलामा पानिको सतह बढे सगैँ बस्ति जोखिममा

असार १९, हेटौंडा – शिवम सिमेन्ट उद्योगले सामरी खोलाको मुहान आसपासमा बिगत लामोसमय देखी चुनढुङ्गा खानी उत्खनन् गर्दै आईरहेको छ । उद्योगले चुनढुङ्गा उत्खनन गर्दा निस्किने ओभर बडेन बर्षायमसंग आएको बाढीसंग मिसिएर सामरी खोलामा बग्दा खोलाको सतह बढ्न पुगी तटिय बस्ति जोखिममा परेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नं. २ को बाँधकुर्लेदमार, वडा नं.३ को धमिलेफाँट, मरङ्गे, वडा नं.५ को भालुखोला, धादिङ्ग बजार, वडा नंं.६ को ढुम्रेकुना, बाग्दली, झल्ला र वडा नं.७ को सुकौरा बजार उच्च जोखिममा रहेका छन् । विगत केही दिन देखीको बर्षाका कारण सामरी खोलाको सतह बढेपछि स्थानियहरु त्रसित भएका छन् ।

शिवम सिमेन्ट उद्योगको लापरवाहीले बस्तिनै बगरमा परिणत हुने भन्दै स्थानियहरुले आक्रोश ब्यक्त गरेका छन् । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईंले जनताको समस्या तथा दुःखमा साथ रहेको हाल आएको समस्यालाई समाधान गर्ने बताए । बर्षायाममा हुन सक्ने जोखिमलाई लिएर केन्द्रिय तथा प्रदेश सरकारसंग आफुले समन्वय गरि समस्याको समाधान निकाल्ने बताए ।

यस विषयमा प्रहर खबरले शिवम सिमेन्टका रामजी प्रसाद चौरासियासंग कुराकानी गर्न खोज्दा आफु बैठकमा ब्यस्त रहेको भन्दै पन्छिए । शिवम शिमेन्ट उद्योगले हाल सामरी खोलाको ग्राभेल झिक्नको निमित्त चार ओटा स्काभेटर प्रयोग गर्दै आईरहेको छ ।

शिवम सिमेन्टको अब्यवस्थित खानी उत्खनन समयमानै ध्यान नदिने हो भने सामरी खोलाका तटिय बस्तिका घरखेत बगरमा परिणत हुने निश्चित छ । हाल सामरी खोलामा पानीको बहाव उच्च रहेको र केही ठाउँमा कटान समेत भएको जानकारी प्राप्त हुन आएको हुँदा तटियबस्तीका बासिन्दाहरुलाई उच्च सर्तकर्ता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*