मकवानपुरमा थप ५६ जनामा कोरोना पुष्टि,९७ जनाले जिते कोरोना
असार १९, हेटौंडा । मकवानपुरमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८४ जनामा गरिएको पिसिआर परीक्षणबाट ४१ जना र २ सय २५ जनमा गरिएको एन्टीजेन परीक्षणमा १५ जनामा गरी थप ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लामा हालसम्म ११ हजार २ सय ३५ जनामा कोरोना पुष्टि हुँदा १० हजार २ सय १३ जना संक्रमण मुक्त भएको कार्यलयले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ९७ जनाले कोरोना जितेका छन् ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ ।
जिल्लामा आजको दिनमा ७ सय ६४ जना संक्रमित घरमा र ८४ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।
























