बकैयामा पहिरोसंगै ठूलो ढुङ्गा खस्दा भाँसियो सडक

असार १९, हेटौंडा । निरन्तर वर्षाको कारण पहिरोसंगै खसेको ठूलो ढुङ्गाले कान्तिलोकपथ अन्तर्गत बकैया(११ मा सडक अवरुद्ध भएको छ ।

पछिल्लो २ दिनदेखिको वर्षाले आज बिहान कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका वडा नंबर ११ मा सिमात पुल नजिक ठूलो ढुङ्गा सडकमा झर्दा सडक अवरुद्ध भएको बकैया गाउँपालिकाका कार्यपालिका सदस्य रुपेन घलेले जनाकारी दिए । उनले जेसिबि लगाएर आजै ठूलो ढुङ्गा पन्छाउने कार्य गर्न खोजिए पनि नसकिएको बताए ।

यसैगरि कार्यपालिका सदस्य घलेका अनुसार निरन्तर वर्षाको कारण कान्तिलोकपथ सडक अन्तर्गत बकैया-११ नंबर लोसेडाँडामा सडक भाँसिएको छ । कान्तिलोकपथ सडक अन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा तीन दिन देखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । निरन्तर वर्षाको कारण तत्कालै पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*