कोरोनाको कारण मकवानपुरमा हाल सम्म १३० जनाको मृत्यु

असार २०, हेटौंडा । मकवानपुर जिल्लामा कोरोना संक्रमणका कारण हाल सम्म एक सय ३० जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर उपचारको क्रममा धेरैको मृत्यु भएको छ ।

बिशेयागरी हेटौंडा अस्पताल, चितवनका अस्पताल, काठमाण्डौका अस्पताल र केहीको घरमानै मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हाल सम्म कोरोनाबाट संक्रमति भएकाहरु ११ हजार २ सय ३५ जना पुगेका छन् ।

कोरोनाबाट यो वर्ष भने धेरैजसो युवा पुस्तामा संक्रमण देखापरेको छ । कोरोनाको संक्रमण दर र मृत्युदर भने कम हुँदै गएको हेटौंडा अस्पतालका चिकित्सकहरु वताउँछन् । तर, यसमा सुरक्षित रहन भने स्वास्थ्यकर्मीको सुझाब छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*