राष्ट्रियसभाको बैठक आज बस्दै

हेटौंडा, असार २० – आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका २ वटा संभावित कार्यसुची तोकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन २०७७र०७७ सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।

यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोश्रो वार्षिक प्रतिवेदन २०७७र०७७ सभा समक्ष पेश गर्ने कार्यसुची रहेको संघीय संसदका महासचिव डा। भरतराज गौतमले जनाएका छन् ।

राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्र्तगत आज दोश्रो बैठक बस्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*