मकवानपुरमा फेरि थपियो निषेधाज्ञा

मकवानपुर, असार २०-  मकवानपुरमा आगामी ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ।

आज ( आइतबार) बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको भएपनि जोखिम यथावत नै रहेकाले असार २१ गतेसम्म

जारी गरिएको निषेधाज्ञा थप १० दिन थप्ने निर्णय भएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं प्रवक्ता देवचन्द्र गर्तौलाले जानकारी दिए । यसअघि निषेधाज्ञाका लागि तोकिएका व्यवसाय र क्षेत्र साविक अनुसार नै संचालन हुने र यातायातको बारेमा थप निर्णय नभएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*