माधव नेपालसंग नेम्वाङसहितका नेताको भेट
असार २०, काठमाडौं । नेकपा एमालेका नेता सुभाष नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर शेरबहादुर देउवाका पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन अनुरोध गरेका छन् ।
आइतबार बिहान नेम्वाङ, विष्णु पौडेल शंकर पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपाल पक्षिय नेता घनश्याम भुषालको पहलमा उक्त भेटघाट भएको थियो ।
नेता नेपालले अदातली प्रक्रियामा गइसकेकाले हस्ताक्षर फिर्ता नहुने जवाफ दिएपछि एमाले एकता खल्बलिने आशंका बढेको छ ।
























