कोरोनाको कारण हेटौंडामा थप एक पुरुषको मृत्यु
असार २१, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर २ का ७८ वर्षीय वृद्ध पुरुष रहेका छन् । वृद्धको आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपु्रले जनाएको छ ।
वृद्धमा गएको असार १७ गते कोरोना पुष्टि भएको र स्वास्थयमा समस्या भएपछि असार १८ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।
यो संगै मनहरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ भने जिल्लामा जिल्ला भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको स्वास्थ कार्यलय मकवानपुरले जनाएको छ ।
























