आज पनि बागमती प्रदेशसभा बैठक अबरुद्ध
असार २१, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि बागमती प्रदेशसभा बैठक अबरुद्ध गरेका छन् । केहिबेर अघिबाट सुरु भएको प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि बैठक अवरुद्ध भएको हो ।
माओवादी केन्द्र तथा कांग्रेसका सांसदहरुले बैठक अबरुद्ध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक अर्को सूचना नआएसम्मका स्थिगत गरिएको जानकारी दिएका छन् । विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका हुन् ।
यसअघि शनिबार बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा बागमती प्रदेश सरकारले ल्याएको गौरबको योजनामा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने तथा प्रदेश सरकार आफैले सञ्चारगृह स्थापना गर्न नहुने सहितका माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए
























