मकवानपुरमा थप ७५ जनामा कोरोना पुष्टि, ९९ जना कोरोना मुक्त

असार २१, हेटौंडा । मकवानपुरमा कोरोना जित्नेको संख्या बढे पनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छैन । जिल्लामा आज ९९ जनाले कोरोना जित्दा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९४ जनामा गरिएको पिसिआर परीक्षणबाट ३५ जना र १ सय ९३ जनामा गरिएको एन्टीजेन परीक्षणबाट ४० जना गरी थप ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्लामा हालसम्म ११ हजार ३ सय २६ जनामा कोरोना पुष्टि हुँदा १० हजार ३ सय ७७ जनाले कोरोना जितेका छन् । जिल्लामा पछिल्लो ९९ जनाले कोरोना जितेको कार्यलयले जनाएको छ ।

यसैगरि जिल्लामा हालसम्म कोरोनाबाट १ सय ३१ जनाको मृत्यु भएको छ । जिल्लामा आज कोरोनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर २ का ७८ वर्षीय वृद्ध पुरुष रहेका छन् ।

वृद्धको आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपु्रले जनाएको छ । वृद्धमा गएको असार १७ गते कोरोना पुष्टि भएको र स्वास्थयमा समस्या भएपछि असार १८ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*