सिंहदरबारमा नेकपा (एमाले) को कार्यदलको बैठक बस्दै

काठमाडौं, असार २२ –  नेकपा (एमाले) को एकता जोगाउन गठन गरिएको कार्यदलको बैठक आज बस्न लागेको छ।

आज दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य गोकर्ण विष्टले बताए। आजदेखि कार्यदलले एकताका विषयमा छलफल गर्ने उनले बताए।

विवाद चर्किन थालेपछि एमालेले कार्यदल बनाएको थियो। बीचमा निस्क्रिय रहेको कार्यदललाई सोमबारबाट पुनः सक्रिय बनाइएको हो। सोमबार पनि कार्यदलको बैठक बसेको थियो। सोमबारको बैठकमा अहिलेसम्म भएका कामकारबाहीका विषयमा छलफल भएको जनाएको छ।

एमाले एकताका लागि गठन भएको कार्यदलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट संयोजक सुवास नेम्वाङ तथा सदस्यमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट संयोजक भीम रावल तथा सदस्यमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*