माओवादी केन्द्रका नेता यादवको निधन

हेटौंडा, असार २२- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ।

उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। ५७ वर्षीय यादवको सोमबार बेलुकी जनकपुरस्थित आफ्नै घरमा निधन भएको हो।

उनको श्रीमती, दुई छोरी र एक छोरा छन्। ०३६ सालदेखि राजनीति सुरू गरेका थिए। २०४८ सालमा जनमोर्चाबाट उनी बालबाखर गाविस उपाध्यक्ष भएका थिए।

यादवको निधनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुस्ख व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*