हेटौंडामा निषेधाज्ञा खुकुलो गरे संगै बढ्यो निकै भिडभाड

असार २२, हेटौंडा । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकामा निषेधाज्ञा खुकुलो गरे संगै निकै भिडभाड बढेको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले दुई महिनादेखि जारी राखेको निषेधाज्ञा निकै खुकुलो गरे संगै पछिल्लो दिनहरुमा व्यापक अवज्ञा हुँदै गईरहेको देखिएको छ ।

प्रशासनले निजि सवारी (मोटरसाईकल,कार,अटो,मयुरी,ट्याम्पो) लाई जोरबिजोर प्रणालीमा र खाद्यन्नसहित अन्य सबै प्रकारका (कपडा व्यवसाय,पुस्तक तथा स्टेस्नरी,इलेक्ट्रोनिक्स पसलहरु,हार्डवेयर,टेलर,जुत्तापसल,सुनचाँदी पसल,कस्मेटिक,फर्निचर लगाएतका) पसलहरु खोल्न अनुमति दिए संगै निषेधाज्ञामा पनि निकै भिडभाड बढेको छ ।

प्रशासनले खाद्यन्न बिहान १० बजेसम्म र अन्य पसलहरु दिउँसो १२ बजेबाट ४ बजेसम्म खोल्न अनुमति दिएको छ । सोहि अवधिमा बढी भिडभाड देखिन थालेको छ । अधिकाशं व्यापार व्यवसायीहरुले जनस्वास्थ्यको मापदण्ड नगर्दा र प्रशासनले बजार क्षेत्रमा अनुगमन नगर्दा हेटौंडामा संक्रमणको जोखिम बढेको हो । निजि सवारीलाई जोरबिजोरमा संचालन गर्न दिँदा सवारी चेकजाँच नगर्दा बजार क्षेत्रमा भिडभाड बढेको देखिएको हो ।

कोरोना संक्रमण हुनबाट जोगिन हालको अवस्थामा मास्क लगाउने,भौतिक दुरी कायम गर्ने र सेनिटाईजर उत्तम हो तर अधिकाशं व्यवसायीहरुले न मास्क मास्कको प्रयोग गरेका छन् न भौतिक दुरीनै । प्रशासनले अनुगमन र कारबाही नगर्दा संक्रमणको जोखिम बढेको देखिएको छ ।

प्रशासले रेष्टुरेन्ट,मिठाई तथा खाजा पसलहरुलाई मात्र दिउँसो १२ बजेबाट ४ बजेसम्म टेकअबे र होमडेलिभरी गर्न अनुमति दिएको छ तर बजारका अधिकाशं मध्यम किसिमका होटलहरु संचालनमा रहेका देखिन्छन् जहाँ भिडभाडनै देखिन्छन् ।

संक्रमण बढ्यो –

जिल्लामा कोरोना संक्रमण बढेको देखिएको छ । आज जिल्लामा थप ९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ४९ जनामा संक्रमण र १ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जनामा पुष्टि गरि थप ९८ जनामा कोरोना पुष्टि भएको कार्यलयले जनाएको छ ।

पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा भित्रका रहेका छन् । हेटौंडामा आज ६५ जनामा कोरोना पुष्टि भएको कार्यलयले जनाएको छ । यसैगरि कार्यलयका अनुसार इन्द्रसरोबर गाउँपालिका भित्रका १२ जना,थाहा नगरपालिका र मनहरी गाउँपालिका भित्रका ५र५ जना,मकवानपुरगढी र बागमती गाउँपालिका भित्रका ३र३ जना,बकैया र कैलाशका २र२ जना तथा राक्सिराङ गाउँपालिका भित्रका एक जना रहेको कार्यलयले जनाएको छ ।

जिल्लामा सोमबाट ७५ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ११ हजार ४ सय २४ पुगेको कार्यलयले जनाएको छ ।

यसैगरि जिल्लामा आज १ सय २८ जनाले कोरोना जितेसंगै कोरोना जित्नेको संख्या १० हजार ५ सय ५ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*