कोरोनाको कारण मकवानपुरमा थप एक जनाको मृत्यु
मकवानपुर, असार २२- कोरोनाको कारण मकवानपुरमा थप एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा- ९८ का ७७ वर्षीय वृद्ध पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । वृद्धमा असार १३ गते कोरोना पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।
वृद्धको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको कार्यलयले जनाएको छ । वृद्ध प्रेसर र सुगर रोगबाट पीडित रहेको कार्यलउले जनाएको छ ।
जिल्लामा हिजो सोमबार पनि एक जनाको मृत्यु भएको थियो । यो संगै जिल्लामा जिल्ला भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ ।
























