असार २२, हेटौंडा । कोरोना संक्रमण जोखिमको कारण हेटौंडा अस्पतालले दुई महिनादेखि आशिंक रुपमा संचालन गर्दै आएको ओपिडी सेवा यहि असार २४ गते बिहबारबाट पूर्ण रुपमा संचालन हुने भएको छ ।
मंगलबार अस्पताल प्रशासनले एक सूचना जारी गर्दै असार २४ गतेदेखि जनरल आईसियू बाहेक अन्य सबै सेवा सुचारु हुने जनाएको छ ।