हेटौंडाको आधुनिक माविमा अध्यनरत एक विद्यार्थीले गरे आत्महत्या
असार २३, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा डेरा गरि पढ्न बसेका एक विद्यार्थीले आत्महत्या गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ को गोर्दइमा डेरा गरि बस्ने पर्साका १८ वर्षीय अरुण चौधरीले मंगलबार आफ्नै डेरामा झुण्डिएर ज्यान फालेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडा(४ स्थित राष्ट्रिय आधुनिक माविको कक्षा १० मा अध्यनरत विद्यार्थी समेत रहेका चौधरीले गएराति आफ्नै डेराको सिलिङ फ्यानमा झुण्डिएर ज्यान फालेको प्रवक्ता रिमालले बताए ।
आमाबाबु पर्सा घर गएको अवस्थामा चौधरी मंगलबार आफ्नै डेरामा झुण्डिएको अवस्थामा भेटिएको र शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याएको प्रवक्ता रिमाले बताए ।
घटनाको थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























