अविश्वासको खाडल पुरिँदैछ – माधव पक्ष

हेटौंडा, असार २३- नेकपा एमाले जारी विवाद समाधान गर्नका लागि बसेको कार्यदलको बैठकपछि माधव नेपाल पक्षले बैठक सकारात्मक रुपमा अघि बढिरहेको प्रतिक्रिया दिएको छ । बुधबार सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो ।

बैठकपछि प्रतिक्रिया दिँदै माधव पक्षका नेता गोकर्ण विष्टले अविश्वासको खाडल पुरिँदै गएको बताए । ‘अविश्वासको खाडल पुरिँदैछ, सहमति नजिक छाँ,’ उनले भने, ‘सम्भवतः भोलि बसेर टुंग्याउछौँ ।’

विष्टले नेकपा एमालेको नेता र कार्यकर्ताको भावनाबामोजिम एकता हुने जिकिर गर्दै त्यही अनुसार तयारी भइरहेको बताए । ‘जेठ २ को अवस्थामा फर्कने यसअघि नै सहमति भइसकेको छ । अन्य विषयमा पनि सहमति खोज्दैछौँ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*