बादलसहितका नेता निर्वाचन आयोग जाँदै

हेटौंडा, असार २३ – नेकपा(माओवादी केन्द्र)अवैधानिक भएको भन्दै एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरु निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् । माओवादी केन्द्र आयोगमा दर्ता नभएको र त्यसले गरेका कारबाही वैधानिक नहुने भन्दै पूर्वमाओवादी नेताहरु बुधबार उजुरी दिन अयोग पुगेका हुन् ।

लीलाबहादुर थापाको नेतृत्वमा दिनेश पन्थी, गिरिधारिलाल न्यौपानेलगायत उजुरी लिएर निर्वाचन आयोग पुगेका हुन् । ‘दर्ता भएको माओवादी केन्द्र हो भने निर्वाचन आयोगमा पाँच वर्ष नाघिसक्यो । त्यसको महाधिवेशन भएको छैन । त्यसकारण दर्ता नभएको पार्टीले हामीलाई कसरी कारबाही गर्छ रु त्यो वैध हुन्छ कि हुँदैन रु,’ पूर्वमाओवादी नेता लेखराज भट्टले भने, ‘त्यो दर्ता हो भने पनि महाधिवेशन गरेको छैन । यो दुईवटै विषयमा केन्द्रित भएर हेर्नुपर्छ भनेर हामीबीच आयोगमा उजुरी दिने सहमति भएको हो ।’

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । यस्तै, तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार पूर्वमाओवादी सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो । अर्का एक नेताका अनुसार संसद् पुनःस्थापना भए उनीहरुले सांसद पदका लागि सर्वोच्च अदालतमा पनि रिट दायर गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*