राष्ट्रिय सभामा कस्मेटिक राजनीति नगर्न खिमलाल भट्टराईको आग्रह
हेटौंडा, असार २३- नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले राष्ट्रिय सभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका राष्ट्रियसभा सदस्य बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन् । उनले भने, “राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौं, मेरो यो अनुरोध छ । ”
वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारवाहीको बचाउ गरे उनले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधि सभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर समेत गरे ।
जुन प्रतिनिधि सभाले कानून बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यसको औचित्य के रहन्छ, प्रयोजन के रहन्छ रु प्रश्न उठ्दैन र रु यस्तो अवस्थामा प्रतिनिधि सभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ ।
उनले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो रु भनी प्रश्न गरे । सरकार बनाइदिनुपर्यो भनेर अदालतमा मुद्दा हालिएको भन्दै उनले अदालतले सरकार बनाउन नसक्ने दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पूर्व प्रधानमन्त्रीहरूलाई ओलीलाई राष्ट्रियताविरोधी भनी प्रमाणित गरेर देखाउन चुनौती दिए ।
उनले भने, म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुकुल लगाएर कम्मलभित्रबाट चोर औँलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।\उनले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गरे ।
























