मकवानपुरबाट १७८ किलो गाँजासहित दुईवटा गाडी बरामद, दुई जना पक्राउ

असार २४, हेटौंडा । प्रहरीले मकवानपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बुधबार र बिहीबार बिहान प्रहरीले मकवानपुरबाट १७८ किलोग्राम गाँजा बरामद गरेको हो।

बुधवार बेलुका ५ बजेर ५० मिनेटमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडा १५ पिपल चौतरा पुर्व पश्चिम सडकखण्ड स्थित चितवनबाट बारातर्फ जादै गरेको ना ४ च ५०१५नम्बरको बोलेरो पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । उक्त गाडीको पछाडीको भागमा फल्स बटम बनाई ल्याएको ५७ किलो९०० ग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।

उक्त गाडीका चालक चितवन राप्ती नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार सोहि स्थानका वर्ष ४८ को लालजी साहलाई उक्त गाँजा र बोलेरो पिकअप गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बिहिवार रातको २ बजेर ४५ मिनेटको समयमा हेटौंडा ५ रिलायन्स बोडिङ् स्कुल अगाडी प्रदेश ३(०१(०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडी सानोपोखरा हेटौडाबाट प्रहरी नायक निरिक्षकको कमाण्डमा खटिएको मोवाईल गाडीलाई देख्नसाथ उक्त बोलेरो पिकअप गाडी रोकी चालक फरार भएका थिए ।

उक्त गाडी चेक जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याएको १२० किलो ९०० ग्राम गाँजा फेला परेपछि गाडी नियन्त्रणमा लिएको र फरार चालकको खोजीकार्य भइरहेको मकवानपुर प्रहरीले जानकारी लिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*