मकवानपुरमा असार २७ बाट सार्वजनिक यातायात सञ्चालन हुने संभावना

असार २४, हेटौँडा । गत बैशाख २१ गतेबाट मकवानपुरमा जारी निषेधज्ञाको कारण रोकिएको सार्वजनिक यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको छ ।

बिहिबार हेटौँडामा बसेको कोभिड संकट ब्यवस्थापन समितिको बैठकमा यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । उनले भने ‘ मकवानपुरको कोभिड–१९ को संक्रमणको दरमा कमी भैरहेको अवस्थामा आउँदो असार २७ गतेबाट सार्वजनिक यातायात सञ्चालनामा ल्याउन सकिन्छ कि भन्ने विषयमा छलफल भएको छ, निर्णय हुन भने बाँकी छ, हामीले भोली शुक्रबारसम्म निर्णय गर्छौ ।’

लामो समयबाट यातायात बन्द हुँदा यातायात ब्यवसायी मारमा परेका छन् । ब्यवसायीहरुले स्वाथ्य मापदण्ड पालना गर्दै यातायात सञ्चालनको माग गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*