मकवानपुरमा आज थप ५४ जनामा कोरोना पुष्टि, ७३ जनाले जिते

असार २४, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या घट्नुको साथै निको हुनेको संख्या बढेको छ । जिल्लामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ७३ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा ९४ जनामा गरिएको पिसिआर परीक्षणमा २५ जना र ७० जनामा गरिएको एन्टीजेन परीक्षणमा २९ जना गरी थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कार्यलयका अनुसार सोहि समयमा थप ७३ जनाले कोरोना जितेका छन् ।

जिल्लामा बुधबार असार २३ गते ५२ जनामा,मंगलबार ९८ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरि बुधबार असार २३ गते ८१ जना र मंगलबार १ सय २८ जनाले कोरोना जितेका थिए । यो संगै मकवानपुरमा हालसम्म ११ हजार ५ सय ३० जनामा कोेरोना पुष्टि भएकोमा १० हजार ६ सय ५९ जना संक्रमण मुक्त अर्थात निको भएका छन् ।

जिल्लामा आजको दिनमा ६ सय ९४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ६ सय ४२ जना घरमा र ५२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणको कारण १ सय ३२ जनाको मृत्यु भएको छ । पछिल्लो ४८ घण्टा एता कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*