पहिरोको कारण बकैया-११ को सडक पुनः अवरुद्ध
असार २५, हेटौंडा । वर्षाको कारण पहिरोसंगै खसेको ठूलो ढुङ्गाले कान्तिलोकपथ अन्तर्गत बकैया(११ को सडक पुनः अवरुद्ध भएको छ ।
बिहिबार बिहान कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका वडा नंबर ११ मा सिमात पुल नजिक ठूलो ढुङ्गा सडकमा झर्दा सडक अवरुद्ध भएको बकैया गाउँपालिकाका कार्यपालिका सदस्य रुपेन घलेले जनाकारी दिए ।
यसअघि असार १९ गते पनि सोहि ठाउँमा पहिरो खसेको थियो । यसअघि जेसिबि लगाएर ठूलो ढुङ्गा पन्छाएर उक्त स्थानको सडक सूचारु गरिएको थियो सदस्य घलेले भनेस् फेरि सोहि ठाउँमा पहिरो संगै ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध छ ।
कान्तिलोकपथ सडक अन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा पछिल्लो एक सातादेखि यातायात अवरुद्ध रहेको र विभिन्न स्थानको पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























