मकवानपुरमा आइतबारबाट सार्वजनिक यातायात चल्ने

असार २५, मकवानपुर– कोरोना महामारीका कारण बन्द भएको सार्वजनिक यातायात मकवानपुरमा आइतबारबाट सार्वजनिक सञ्चालन हुने भएका छन। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सार्वजनिक सवारी संचालनको निर्णय गरेसंगै सार्वजनिक सवारीका साधन चल्ने भएका हुन् ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहिबारको सिफारिसमा सवारी संचालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ । सवारी संचालन गर्दा विभिन्न ९ बुँदे निर्देशन पालना गर्नुपर्ने छ । यसअघि प्रशासनले निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याएको थियो ।

२ महिना देखि यातायात बन्द हुँदा यातायात ब्यवसायी मारमा परेका छन् । यसअघि प्रशसनले निजि सवारी संचालन गर्न अनुमति दिएसंगै यातायात ब्यवसायीहरुले स्वाथ्य मापदण्ड पालना गर्दै यातायात सञ्चालनको माग गर्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*