उपमहानगरपालिकाद्वारा हेटौंडाका बारुणयन्त्रका कर्मचारीलाई अग्नी सुरक्षा सामाग्री हस्तान्तरण
असार २५, हेटौंडा । हेटौंडा उपमानगरपालिका बारुणयन्त्रका कर्मचारीलाई अग्नी सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले साढे तीन लाख रुपैयाँ मुल्य पर्ने अग्नी सुरक्षाका सामाग्री बारुणयन्त्रका कर्मचारीलाई हस्तान्तरण गर्नुभयो ।
यो सामाग्री लगाएर आगो लागेको स्थानमै भित्र पसेर आगलागीमा परेकाहरुलाई उद्धार गर्नका लागि सहज भएको छ । अहिले तत्कालको लागि चार जनालाई अग्नी सुरक्षा सामाग्री हस्तान्तरण गरिएको र पछी अरु थप गर्दै लगिने मेयर महतले वताउनुभयो ।
पहिले अग्नी सुरक्षा सामाग्री नहुँदा आगलागीमा परेकाहरुलाई उद्धार गर्नका लागि कठिनाइ हुने गरेको थियो । अब भने आगो बलेकै स्थानबाट उद्धार गर्नका लागि सहज भएको उहाँले वताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको दुइ वटा बारुण यन्त्र रहेका छन् ।
मकवानपुर र आसपासका जिल्लामा आगलागी भइहालेमा निभाउनका लागि दुइवटै दमकल लग्ने गरिएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, सामाजिक महासाखाका प्रमुख बिष्णु कुमारी लामिछाने लगायतकाको सहभागिता रहेको थियो ।
























