एमाले एकताबद्ध हुनेमा आशावादी छौं- नेम्वाङ

काठमाडौं, असार २५-  नेकपा ९एमाले० नेता सुवास नेम्वाङले आज बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

सिंहदरबारमा बिहीबार राति दोस्रो पटक बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै विषय निष्कर्षमा पुग्ने बताए।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेको छ। गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन्। वरिष्ठ नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्।

नेता नेम्वाङले छलफल सकारात्मक रुपमा अघि बढिरहेको बताए। उनले आज बस्ने कार्यदलको बैठकमा सहमति जुट्नसक्ने बताए। उनले भने, ‘आज सहमति जुट्ने सम्भावना छ। एमाले एकताबद्ध हुनेमा आशावादी छौं।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*