सुनको मूल्य बढ्यो, तोलामा कति ? 

असार २५, काठमाडौं। आज साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । बिहीवारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य १ सय रुपैयाँले वृद्धि भएको हो ।

हिजो छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेकोमा आज मूल्य बढेर ९२ हजार ४ सय प्रतितोला कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्सस्तै आज तेजाबी सुनको मूल्यमा पनि १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

बिहीवारको तुलनमा आज शुक्रवार चाँदीको मूल्यमा भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*