कांग्रेस नेता केसीले बोलाए सभापतिका दाबेदारको बैठक

असार २५, हेटौंडा – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी महाधिवेशनमा सभापतिको दाबेदार रहेका नेताहको बैठक बोलाएका छन्।

कांग्रेसको १४ औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुन लागेको छ। त्यसमा सभापति शेरबहादुर देउवासहितका नेताहरूले उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेता केसीले देउवाबाहेकका नेतालाई बोलाएका हुन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, रामशरण महत, डा।शेखर कोइराला, नेत्री सुजाता कोइरालालाई बोलाएका छन्।

आज अपराह्न ४ बजे बसुन्धरास्थित दियालो फुडल्यान्डमा बैठक बस्ने केसीले बताए। सभापतिका लागि साझा उम्मेदवार बनाउनका लागि छलफल गर्न लागिएको उनको भनाइ छ।

नेता केसी पनि सभापतिका लागि दाबेदार रहेका छन्। उनी यसअघिको महाधिवेशनमा देउवा पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका थिए।
थप सामग्री

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*