आज बोलाइएको एमाले कार्यदलको बैठक फेरि सर्यो
असार २५, हेटौंडा – आज बिहान बोलाइएको नेकपा (एमाले)को कार्यदलको बैठक सरेको छ।
एमाले एकताको खाकामाथि छलफल गर्न आज बिहान ११ बजे कार्यदलको बैठक बोलाइएको थियो। केही आन्तरिक छलफल गर्नुपर्ने भएकाले बैठक सारिएको जनाइएको छ।
आजै साढे १२ बजे बस्ने गरी बैठक सरेको एमाले नेता सुवास नेम्वाङले बताए। “बिहान बोलाएको बैठक सरेको छ। आजै साढे १२ बजे बस्छौं,” नेता नेम्वाङले भने।
बुधबार पनि एमाले बैठक सरेको थियो। बिहान बोलाएको बैठक साँझ बसेको थियो। साँझ पनि सहमति बन्न नकसेपछि आज बिहानका लागि सारिएको थियो।
























