हेटौंडामा निश्चलको घरमा खानतलासी गर्दा भेटियो साढे २ किलो गाँजा

असार २५, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहागरपालिका वडा नंबर ९ का २२ वर्षीय निश्चल थापाको घरमा खानतलासी गर्दा साढे २ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

बिहीबार विशेष सूचनाको आधारमा पशुपतिनगरबाट खटिएको प्रहरीले थापाको घरमा खानतलासी गरेको र उनी सुत्ने कोठाको खाटमुनि सेतो प्लाष्टिकमा पोको पारेर लुकाएर राखेको २ किलो ५ सय ७० ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्‍वर रिमाल बताए ।

गाँजा भेटिएसँगै प्रहरीले थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*