मकवानपुरमा थप १ सय ४ जनामा कोरोना पुष्टि, ८९ जनाले जिते
असार २५, हेटौंडा । मकवानपुरमा थप १ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ७५ जनामा गरिएको पिसिआर एन्टीजेन परीक्षणमा थप १ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
आज पुष्टि हुनेमा ७५ जना हेटौंडा उपमहानगरपालिका भित्रका,थाहा नगरपालिका भित्रका १२ जना,मनहरी गाउँपालिका भित्रका ९ जना,मकवानपुरगढी गाउँपालिका भित्रका ४ जना,बागमती,कैलाश,भीमफेदी र बकैया गाउँपालिका भित्रका एकएक जना रहेको कार्यलयले जनाएको छ ।
यो संगै जिल्लामा संक्रिय सक्रमितको संख्या ७ सय ९ पुगेको छ । जसमा ६ सय ५१ जना घरमा र ५८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा थप ८९ जनाले कोरोना जितेका छन् ।
जिल्लामा हालसम्म ११ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि हुँदा १० हजार ७ सय ४८ जना संक्रमण मुक्त अर्थात कोरोना निको भइसकेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३२ जनाको मृत्यु भएको कार्यलयले जनाएको छ ।
























