कोरोना बिरुद्धको भेरोसेल खोप हेटौंडामा आइपुग्यो

असार २६, हेटौंडा । सरकारले चीनबाट खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोप बागमती प्रदेशको राजधानी हेटौंडामा आइपुगेको छ । आज बिहान दुइ बजे प्रदेशको चिस्यान केन्द्रमा राख्नका लागि ल्याइएको हो । बागमतीको सामाजिक बिकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा गएराती खोप आइपुगेको हो ।

आज बिहान आइपुगेको खोप केन्द्रको पथलैयामा वाकिङ कुलर रुममा राखिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र हेटौंडाका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो । चिसोमा राख्नका लागि हेटौंडामा ठाउँ अभाब भएपछी केन्द्रले पथलैयामा राखेको र आवस्यक्ता अनुसार प्रदेशका जिल्लाहरुमा बिवतरण गर्ने उहाँले वताउनुभयो ।

आएका खोपहरु यसअघि पनि बितरण गर्ने र स्थानीय तह मार्फत लगाइदै आएको छ । हाल सम्म बागमती प्रदेशमा ५ लाख ६० हजार ७८ जनाले खोप लगाइ सकेका छन् । चीनसँग खरिद गरिएको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा ल्याइएको छ । बाँकी खोप साउन पहिलो सातासम्म ढुवानी गरिसक्ने सरकारको योजना छ ।

काठमाडौंको टेकुस्थित भण्डारणमा भेरोसेल खोप करिब ६ लाख मात्रा मात्रै अट्ने र अमेरिकी सरकारले दिने घोषणा गरेको १५ लाख मात्रा खोप पनि भण्डारण गर्नुपर्ने भएकाले स्वास्थ्य सेवा विभागले प्रदेशको भण्डारणमा ढुवानी थालेको हो । चीनबाट ल्याइएको खोपमध्ये २ लाख मात्रा हेटौंडा र पोखरामा आइसकेको विभागको खोप शाखा प्रमुख डा झलक गौतमले बताउनुभयो ।

लुम्बिनीको बुटवलमा पनि चाँडै पठाइने विभागले जनाएको छ । सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खरिद गरेको ८ लाख मात्रा खोप आपूर्ति भएको स्वास्थ्य सेवा विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘असार २५ मा नेपाल वायु सेवा निगमको जहाजमार्फत पहिलो चरणमा आठ लाख डोज भेरोसेल खोप आपूर्ति भएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ विभागका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले जारी गरेको विज्ञप्तिमा छ, ‘प्राप्त खोप कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप योजनाअनुसार चरणबद्ध रूपमा लक्षित समूहलाई प्रदान गरिनेछ । खोप आपूर्ति गरी अभियानलाई निरन्तरता दिने व्यवस्था मिलाइएको छ ।’

चीनबाट ल्याएको खोप अब ५५ वर्षमाथि उमेर समूहका नागरिकलाई लगाउने तयारी छ तर यसको योजना सार्वजनिक भएको छैन । अब कुन समूहलाई खोप लगाउने भन्ने सोमबारसम्म निर्णय भइसक्ने मन्त्रालय स्रोतले जनाएको छ । ‘५५ वर्षभन्दा माथिको उमेर समूहलाई दिनेमा लगभग सहमत भइसकेका छौं, अर्को निश्चित वर्गलाई पनि दिने कि भन्ने छलफल भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

वैदेशिक रोजगारीमा जानेलाई गन्तव्य मुलुकले खोप लगाउन अनिवार्य गरेपछि त्यस्ता व्यक्तिलाई पनि लगाउने योजना सरकारले बनाइरहेको छ । यसैगरी अमेरिकाले नेपाललाई १५ लाख मात्रा खोप सहयोग गर्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची–एलेनले जोन्सन एन्ड जोन्सन कम्पनीको खोप दिन लागेको कान्तिपुरलाई जानकारी दिइन् । ‘विस्तृत कुरा छिट्टै बाहिर ल्याउने छौं,’ उउहाँले भन्नुभयो ।

उनले यो खोप अमेरिकी जनताका तर्फबाट नेपाली जनताका लागि उपहारका रूपमा रहेको बताइन् । उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्नेबारेमा पूर्ण जानकारी आइनसकेको दूतावासले जनाएको छ । यसअघि नेपालले अमेरिकालाई खोप सहयोग दिन आग्रह गरेको थियो । साथै, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि खोप सहयोगका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् । उक्त पत्र लेखेको एक महिना कटिसक्दा पनि अमेरिकी राष्ट्रपतिका तर्फबाट नेपालले जवाफ प्राप्त गरेको छैन ।

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि जोन्सन एन्ड जोन्सनको ५० लाख मात्रा खोप खरिदका लागि पत्र लेखेको थियो । त्यस सम्बन्धमा पनि काम अघि बढ्न सकेको छैन । अमेरिकाले यसअघि नेपालसहित विश्वका विभिन्न मुलुकलाई गत महिनाभित्रै खोप सहयोग गर्ने जनाएको थियो तर नेपालले हालसम्म प्राप्त गरेको छैन ।

३५ लाखले खोप लगाइसके भारत सरकारले १० लाख कोभिसिल्ड खोप अनुदान दिएपछि सुरु भएको अभियानमा शुक्रबारसम्म ३५ लाख ७६ हजार ३ सय १५ जनाले खोप लगाइसकेका छन् । यसमध्ये ९ लाख ६४ हजार ५ सय ८ जनाले दोस्रो मात्रा लगाइसकेका छन् । प्रदेश १ मा ७५ हजार ८ सय ४०, प्रदेश २ मा ५५ हजार ८ सय ५६, वाग्मतीमा ५ लाख ६० हजार ७८, गण्डकीमा ५६ हजार ७ सय ५६, लुम्बिनीमा १ लाख २१ हजार ३ सय ९९, कर्णालीमा ३३ हजार १ सय २५ र सुदूरपश्चिममा ६१ हजार ४ सय ५४ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।

माघ १४ बाट कोरोनाविरुद्ध खोप लगाउन सुरु भएको थियो । भारतबाटै नेपालले २० लाख मात्रा खोप खरिद गरेकामा १० लाख मात्रा अझै आएको छैन । चीन सरकारले १८ लाख मात्रा भेरोसेल खोप अनुदान दिएको थियो । कोभ्याक्स सुविधाबाट पनि ३ लाख ४८ हजार खोप आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*