मकवानपुरमा कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रणको तयारी सुरु
असार २६, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको रोकथाम तथा नियन्त्रणको तयारी सुरु गरिएको छ । कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका सन्दर्भमा शुक्रबार जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला स्थित विभिन्न संघ संस्था एवम् सरोकारवालासंग छलफल गरिएको हो । छलफलले कोरोनाविरुद्ध “अनिवार्य मास्क“ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
जिल्ला समन्वय समित मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको छलफलमा विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध सचेतना तथा मास्कको प्रयोगमा जोड दिईएको छ । छलफलका क्रममा हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा सागर काफ्लेले जिल्लामा कोरोनाको हालसम्मको अवस्था तथा कोरोना भाइरसको तेस्रो लहर आउँदै गरेको र त्यसबाट बच्ने उपाउका बारेमा जानकारी गराए ।
उनले भारतमा तेस्रो लहर आइसकेको हुँदा समयमै यसबाट बच्ने विषयमा गम्भीर हुनुपर्ने बताए । डा काफ्लेले लकडाउन खुकुलो हुँदै गएपछि मकवानपुरमा संक्रमण दर विस्तारै बढ्दै गएको भन्दै उपचार गरेर महामारी नियन्त्रण गर्न नसकिने बताए । रोग लागेर उपचार गर्नु भन्दा सावधानी उपनाउनु उत्तम अुने भन्दै समुदायमा सचेतना फैलाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागिहरुले तेस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने र मास्कको अनिवार्य प्रयोग गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै यसमा सबै संघ संस्थाले सहयोग गर्ने बताएका थिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालले मास्कको अनिवार्य प्रयोगका लागि हस्तक्षेपकारीसंगै प्ररणदायी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।
सिविन हेल्प लाईन मकवानपुरका संयोजक झवेन्द्र ज्ञवालीले तेस्रो लहर बालबालिकामा बढी असर गर्ने प्रक्षेपण भइरहेको हुँदा अस्पताल बालरोग विशेषज्ञ लगायत तयारी समेत गर्नुपर्ने बताए । यस्तै उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले मास्क र सेनीटाईजर प्रयोगलाई अनिवार्य गर्नु पर्ने बताए । उनले अभियान संचालन गर्नुपर्ने र यसमा उद्योग संघ सहयोग गर्न तयार रहेको बताए। उद्योग वाणिज्य संघका प्रतिनिधिले अभियानसंगै निगरानी बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै माइति नेपाल मकवानपुरकी संयोजक माया लामाले चेतनाको कमीका कारण शहरमा भन्दा गाउँमा मास्कको प्रयोगमा कमी रहेको र संक्रमण दर बढ्दै गएको भन्दै गाउँ केन्द्रित कार्यक्रम संचालन गर्नुपर्ने बताए । हिम राइट्स मकवानपुरकी संयोजक कुमारी वाईवाले कोरोना सम्बन्धी सचेतना फैलाउने सन्दर्भमा स्थानीय तह बढी सकृय हुनु पर्ने बताईन् । उनले मास्कको अनिवार्य प्रयोगका लागि सामाजिक संघ संस्थालाई क्षेत्र निर्धारण गरेर निगरानी गर्न लगाउनु पर्ने धारणा राखिन् ।
टोल विकास संस्था हेटौंडा नगर समन्वय समितिका अध्यक्ष धुब्र अधिकारीले नगरमा ३४० वटा टोल विकास संस्था मार्फत अभियन सञ्चालन गर्न सकिने भन्दै कोभिड संक्रमितको निगरानीका लागि टोल विकास सहितको संयन्त्र बनाउनु पर्ने बताए । यस्तै वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले वन उपभोक्ता महासंघले पनि यसमा समन्य र सहयोग गर्ने बताए । यस्तै लियो लायन्सका तर्फबाट टाँसी डोल्मा तुम्बाहाम्फेले संघ संस्थाहरुले यस अघि पनि सहयोग गरेको र आगामी दिनमा समेत सहयोग गर्न तयार रहेको तर, संघ संस्था मार्फत अभियान सञ्चालन गर्ने अभियन्ताहरुलाई भ्याक्सीनको शुनिश्चितता गर्न आग्रह गरिन् ।
कार्यक्रममा सहभागिहरुले संघ संस्था मार्फत समुदायदाई सचेत बनाउनुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कोरोना नियन्त्रण तथा रोकथामका सन्दर्भमा मकवानपुरमा हालसम्म भए गरेका कामहरुका बारेमा जानकारी दिँदै संघ संस्थाहरुलाई सहयोगिको भुमिका निर्वाह गर्न आग्रह गरे । उनले जिल्लामा कोरोना नियन्त्रणका लागि सचेतना फैलाउने, नियन्त्रणात्मक विधि ९निषेधाज्ञा० र उपचारात्मक विधि मार्फत काम भएको बताए ।
छलफलबाट कोरोना भाईसरको तेस्रो लहरको नियन्त्रण तथा रोकथामका लागि विभिन्न निर्णय समेत गरेको जिसस मकवानपुरका प्रमुख खुलालले जानकारी दिए । निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमणको जोखिम बढ्ने हुँदा सचेतना अभिबृद्धिमा लाग्ने निर्णय गरेको उनले जानकारी दिए । यस्तै सचेतना एवम् मास्कको अनिवार्य प्रयोग अभियान संचालनका लागि भोलेन्टीयर टिम तयार गर्ने, हेल्प डेस्क संचालन गर्ने, अनुगमन तथा निगरानीलाई सबैले प्रभावकारी बनाउने लगायतका निर्णय गरेको उनले जानकारी दिए ।
कार्यक्रममा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, स्वास्थय कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायलगायत जिल्लामा कृयाशिल विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।
























