प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै
असार २६, हेटौंडा- प्रधानमन्त्री केपी शर्मा ओली शनिवार सिन्धुपाल्चोक जादैछन् । बाढीबाट क्षति पुगेका सिन्धुपाल्चोकका विभिन्न स्थानमा निरीक्षण गर्नको प्रधानमन्त्री ओली त्यसतर्फ जाने भएका हुन् । उनी शनिवार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले आज मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्याएको क्षति र बाढीपहिरोबाट प्रभावित भएका विभिन्न स्थनको निरिक्षण गर्नेछन् । मेलम्ची बजार र हेलम्बुको गणेश बगर भन्ने स्थानमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागि हुनेछन् ।
उनले बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तक्रिया गर्ने कार्यक्रम पनि रहेको छ । गएको असार १ गते आएको मेलम्चीमा आएको बाढीले त्यहाँका विभिन्न ठाउँमा धेरै क्षति गरेको थियो ।
























