मकवानपुरगढीका अध्यक्षद्वारा किसान कृषि लोन कार्ड वितरण
असार २६, हेटौंंडा । मकवानपुरगढी गाउँपालिकामा साना तथा सिमान्तकृत कृषकहरुलाई बित्तिय पहुँच पुर्याउने उदेश्यले किसान कृषि लोन कार्ड वितरण सुरु गरिएको छ । शुक्रबार एक कार्यक्रममा आयोजना गर्दै गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले कृषकलाई किसान कृषि लोन कार्ड वितरण गरेका हुन् ।
कार्यक्रममा ८ जना महिला र १७ जना पुरुष गरि जम्मा २५ जना कृषकलाई किसान कार्ड मार्फत प्रति किसान दुई लाखका दरले विना धितो सहुलियत व्याज दरको कृषि कर्जा उपलब्ध गराईएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
अगामी दिनमा थप कृषकहरुलाई समेट्दै बित्तिय पहुँच पुर्याई कृषि तथा पशुपालन क्षेत्रमा थप व्यवसायिक बन्ने अपेक्षा गरिएको उनले बताए ।नेपाल बंगलादेश बैंक लि,आर एण्ड डि ईनोभेटिभ सोलुशन प्रा।लि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति बीच भएको चौपक्षिय सम्झौता बमोजिम किसान कार्ड वितरण गरिएको हो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरे, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल लगायत कृषकहरुको उपस्थिती रहेको थियो ।
























