अमेरिकाबाट १५ लाखभन्दा बढी नेपालीको लागि खोप आउँदै

काठमाण्डौ, असार २६ – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अबको केही दिनमा नै अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने कोभिड १९ विरुद्धको निःशुल्क खोप दिने बताएका छन् । राजदूत बेरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्– ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड १९ खोप निःशुल्क उपलब्ध गराउँदैछ। नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*