कोटेश्वरमा प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

असार २६, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। शनिवार दुई नेताबिच नेपाल निवास कोटेश्वरमा भेट भएको हो।

दुई नेताबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। विपक्षी ५ दलीय गठबन्धन र नेकपा एमाले भित्र भइरहेको वार्ताका बारेमा नेपाल र प्रचण्डबिच छलफल भएको बताइएको छ।

एमालेको किचलो मिलाउन केही दिन यता विवाद समाधान कार्यदलमा वार्ता भइरहेको छ। शुक्रवारको वार्ता पछि मस्यौदामा भएको सहमतिलाई आज अन्तिम रुप दिइने नेताहरुले बताएका थिए।

एमालेको वार्ता निष्कर्षमा पुग्नलागेका बेला प्रचण्ड(नेपालबिच वार्ता भएको हो। यसअघि पनि प्रचण्ड नेपालबिच बेला बेलामा गठबन्धनको रणनीतिका बारेमा भेटवार्ता हुँदै आएको छ। दुई नेताको भेटलाई भने एमालेका अध्यक्ष केपी शर्मा ओलि समूहले शंकाले हेर्ने गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*