प्रधानमन्त्रीद्वारा हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन

असार २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकन गरेका छन्। उनी हेलिकप्टरबाट त्यस क्षेत्रको अवलोकनमा गएका हुन्।

उनले पहिले हेलम्बु र त्यपछि मेलम्चीको अवलोकन गरेको जनाइएको छ। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाने बताइएको छ। उनले मेलम्ची आयोजना मुख्य सुरुङको हवाई निरीक्षण गर्ने पनि कार्यक्रम छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*