ओली विश्वास गर्न लायक नेता होइनन्, ख्याल गर्नुस् – प्रचण्ड
काठमाडौं, असार २६ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्। प्रचण्ड भेटका लागि कोटेश्वरस्थित नेपाल निवासमै पुगेका थिए।
भेटका क्रममा प्रचण्डले नेपाललाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले धोका दिन सक्ने भन्दै सचेत रहन सुझाएका छन्।
एमालेको आन्तरिक विवदा समाधानको बिन्दुमा पुग्नै लाग्दा प्रचण्डले ओली विश्वास गर्न लायक नेता नभएको उल्लेख गर्दै उनको भर पर्दा धोका पाइन सक्ने बताएको स्रोतको भनाइ छ।
एमाले विवादले चर्को रूप लिँदा नेता नेपालको समूह विपक्षी गठबन्धनमा समेटिएर विभिन्न गतिविधिमा संलग्न हुँदै आएको थियो। प्रचण्डले नेपाललाई पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत आग्रह गरेको स्रोतले जनाएको छ।
नेता नेपालले आफूनिकट नेताहरूसँग छलफल गरेर मात्र आफू अघि बढ्ने बताएको स्रोतले बताएको छ।
























