आजदेखि मकवानपुरमा सार्वजनिक यातायात संचालनमा

असार २७, हेटौंडा । जिल्लामा कोरोना संक्रमण जोखिमको कारण जारी निषेधाज्ञाको कारण दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात आजबाट संचालनमा आएको छ ।

असार २४ गते जिल्ला प्रशासन कार्यलय मकवामनपुरले आज असार २७ गते आईतबारबाट यातायात संचालन गर्न अनुमति दिएको थियो । प्रशासनले सार्वजनिक सवारी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र संचालन गर्न पाईने, सिट क्षमता भन्दा बढी राख्न नपाईने,सबै यात्रुहरुलाई मास्क अनिर्वाय गर्ने,सेनिटाईजरको अनिर्वाय व्यवस्था गुर्नपर्ने,चालक र सहचालकले अनिर्वाय मास्क र भाइजर लगाउनु पर्ने जनाएको छ ।

जिल्ला भित्र आजबाट सार्वजनिक यातायातहरु संचालनमा आएको नेपाल लोकतान्त्रीक यातायात ब्यवसायी राष्ट्रिय संगठनका केन्द्रीय सदस्य विश्वराज राईले जानकारी दिए । उनले कोरोना संक्रमणको जोखिम रहेको भन्दै आवश्यक सावधानी अपनाएर सार्वजनिक सवारी संचालन गरिएको बताए । उनले पूर्वी मकवानपुर,पश्चिम मकवानपुर,उत्तरी मकवानपुर,हेटौंडा उपमहानगर भित्र चल्ने साझा यातायात लगाएतका सवारी संचालनमा आएको बताए ।

निजि सवारी भने यसअघिनै संचालनमा आइसकेका छन् । जिल्लामा असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहेको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ६ सय ७८ जना रहेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जसमा ६ सय १७ जना संक्रमित घरमा र ६१ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म ११ हजार ६ सय ७० जनामा कोरोना पुष्टि हुँदा १० हजार ८ सय १६ जनाले कोरोना जितेको कार्यलयले जनाएको छ । कार्यलयका अनुुसार जिल्लामा कोरोनाको कारण १ सय ३२ जनाको मृत्यु भएको छ । जिल्लामा पछिल्लो ३ दिनदेखि कोरोनाबाट कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*