जन साहित्यिक मञ्च मकवानपुरको रचना वाचन सम्पन्न
असार २७, हेटौंडा- राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुर तथा जन साहित्यिक मञ्च मकवानपुरको आयोजनामा हेटौंडामा शनिबार भएको रचना वाचन कार्यक्रममा मकवानपुरका अग्रज साहित्यकारबाट रचना वाचन तथा फेसबुक लाईव सम्पन्न गरिएको छ ।
कार्यक्रममा अग्रज साहित्यकारहरू कृष्ण लाल जोशी, तुलसी घिमिरे, डा गणेश कुमार पौडेल, नेकपा एमाले प्रदेश समिति सदस्य अर्जुन अर्याल, राष्ट्रिय जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज आशाकाजी श्रेष्ठ, केन्द्रीय सदस्य मसान उपासक, जन साहित्यिक मञ्च मकवानपुरका अध्यक्ष गणेश तिमल्सिना र साहित्यकार शिव चौहान लगायतको प्रस्तुति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाले राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरले कोविडसँग लडिरहनुभएका योद्धाहरूलाई हौसला बढाउन आईसोलेसन सेन्टरमा गरीएको विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम अत्यन्त महत्वपूर्ण र सन्देशमुलक रहेको बताउनुभएको छ ।
कोबिडको महामारीमा पार्टीले मोर्चा संगठन लाई गरेको सर्कुलेसनमा राष्ट्रिय जनसाँस्कृतिक महासंघ अब्बल रहेको र कार्यक्रमले निरन्तरता पाइरहेकोमा अत्यन्त खुशी लागेको र महासंघकाको यस कार्यमा सदैब साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा बिशेष अतिथि नेकपा एमालेका पार्टी अध्यक्ष एकलाल श्रेष्ठ र सचिवालय सदस्य नवीन सिग्देलले मन्तव्य व्यक्त गर्नुभएको थियो। रास्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजु राम राउतको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनसाँस्कृतिक महासंघ केन्द्रीय सदस्य चिरञ्जीवी थापा र प्रदीप थापालगायतको आतिथ्यता रहेको थियो।
























