मेयर महतद्वारा पदमपोखरीमा पक्की सडकको उद्घाटन्
असार २७, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरीमा निर्माण सम्पन्न भएको सडकको आज उद्घाटन् गरिएको छ । पदमपोखरीको बेलडाडा हुँदै चकरी मकरी जाने सडकको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो । पक्की सडक बनेपछी स्थानीय वासिन्दाहरु खुसी समेत भएका छन् ।
हेटौंडाका टोल टोलमा बिकासका काम गर्न स्थानीय सरकार अग्रसर भएको मेयर महतले वताउनुभयो । पछी थपीएका वडामा पक्की सडक निर्माण गर्ने अभियानकै रुपमा काम गरिएको उहाँले वताउनुभयो । आज २ सय ३५ मिटर स्ल्याप ढलानको उहाँले उद्घाटन् गर्नुभयो । अहिले पहिलो चरणमा २५ लाख रुपैयाँ लागतमा सडक निर्माण भएको हो ।
अब पनि आउँदो आर्थिक वर्षमा समेत सडक निर्माणका लागि थप सहयोग गरिने मेयर महतले आस्वासन दिनुभयो । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले विकासका काममा आफुहरु सधै लागिपरेको वताउनुभयो । कार्यक्रममा हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान लगायतकाको आतिथ्यता रहेको थियो ।
यस क्षेत्रमा उपमहानगरपालिकाको सहयोगमा सडक निर्माण गरिएपछी स्थानीयहरु खुसी हुँदे हाम्रो मेयर राम्रो मेयरको नारा लगाउँदे मोटरसाइकल र्याली समेत गरेका थिए ।
























