सिंहदरबार घेर्न गएका नारायण वाग्ले लगायत नागरिक अभियान्ताहरु

काठमाडौं, असार २७ – नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिक बृहत् आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला प्रहरीले नारायण वाग्लेसहित खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापा लगायत १६ जना नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

नागरिक आन्दोलनको सिंहदरबार मार्चमा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम शुरु नहुँदै अभियन्ता पक्राउ परेपछि कार्यक्रम प्रभावित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*