गण्डकी प्रदेशसभा बैठक स्थगित

असार २७, कास्की — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित गरिएको छ । आइतबार बिहान ११ बजे सुरु भएको बैठक दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले कार्यकर्ता पोस्न करोडौं रुपैयाँ विनियोजन गरेको आरोप लगाउँदै तथ्यसत्य बाहिर नआउँदासम्म बैठक चल्न नदिने एमालेले जनाएको छ ।

‘सरकारले आर्थिक वर्षको अन्त्यमा आएर करोडौं रुपैयाँ बाँडेको छ । कुन सांसदको सिफारिसमा योजना बाँडिए रु कारण के हो रु जवाफ नपाएसम्म संसद् चलाउन दिँदैनौं,’ एमाले सांसद रामशरण बस्नेतले भने । उनले असार २३ मा उपभोक्ता समिति गठन गर्ने, योजना छनोट गर्ने र रकम विनियोजन गर्ने काम भएको बताए ।

सरकारले सामान्य सहकारी र क्लबको जस्तो बजेट समेत ल्याउन नसकेको भन्दै बस्नेतले आर्थिक ऐन, आर्थिक नियमावली, सार्वजानिक खरिद, ऐन–नियमावलीअनुसार बजेट वितरण नभएको आरोप लगाए । ‘बहुवर्षीय ठेक्का लगाएका योजना फाल्दै कार्यकर्ता रिझाउन बजेट बाँडियो’ उनले भने, ‘सरकारले रातो किताब ननिकाल्ने, असार अन्त्यमा संसद् बोलाउनु भनेको करोडौं रकम असुल्ने नियत हो ।’ उनले सर्वपक्षीय समिति बनाएर छानबिन गर्नसमेत माग राखेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*