म केपी ओलीतिर गएको छैन – बामदेव

२६ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी विवादमा आफू अध्यक्ष केपी शर्मा ओलीतिर नमिलेको भन्दै अझै तटस्थ रहेको बताएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि अध्यक्ष ओलीलाई साथ नदिएको स्पष्टीकरण दिए ।

गत हप्ता गौतम अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी भएका थिए । ‘एमाले पुनर्स्थापित भएपछि एमाले रोज्नैपर्यो । एमालेको सदस्य हुँ ।

त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएँ’ गौतमले भने, ‘धेरै मनिसहरुले बामदेव केपीतिर गयो भने ।

यो सभामार्फत म जानकारी गराउन चाहन्छु म कुनैतर्फ गएको होइन । म एमाले भएको प्रमाण पेश गर्नको निम्ति गएको हुँ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*